सन् २०२४ मा नेपालमा सबैभन्दा बढी डेंगु कहाँ भेटियो ?
बुधबार, २६ मङ्सिर २०८१, १४ : २१
काठमाडौँ । नेपालमा सन् २०२४ मा सबैभन्दा बढी डेंगु कास्की जिल्लामा भेटिएको छ । देशभर ३४ हजार ३८५ जनामा देखिएको डेंगु सङ्क्रमितमध्ये कास्कीमा मात्रै २२.३ प्रतिशत अर्थात ७ हजार ६६७ जनालाई सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।
इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार त्यसपछि काठमाडौँ जिल्लामा बढी डेंगु सङ्क्रमित सङ्ख्या देखिएको छ । यहाँ ५ हजार ९१९ जनालाई डेंगु सङ्क्रमण देखिएको हो । जहाँ अवातजावत गर्ने सङ्ख्या बढी हुन्छ, त्यहाँ सङ्क्रमण बढी हुने चिकित्सक बताउँछन् ।
कास्की र काठमाडौँ जिल्ला बढी मानिसको अवातजवात हुने क्षेत्र हो । डेंगु सङ्क्रमणका कारणले १३ जनाको मृत्यु भएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण