सन् २०२४ मा नेपालमा सबैभन्दा बढी डेंगु कहाँ भेटियो ?
बुधबार, २६ मङ्सिर २०८१, १४ : २१

काठमाडौँ । नेपालमा सन् २०२४ मा सबैभन्दा बढी डेंगु कास्की जिल्लामा भेटिएको छ । देशभर ३४ हजार ३८५ जनामा देखिएको डेंगु सङ्क्रमितमध्ये कास्कीमा मात्रै २२.३ प्रतिशत अर्थात ७ हजार ६६७ जनालाई सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।
इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार त्यसपछि काठमाडौँ जिल्लामा बढी डेंगु सङ्क्रमित सङ्ख्या देखिएको छ । यहाँ ५ हजार ९१९ जनालाई डेंगु सङ्क्रमण देखिएको हो । जहाँ अवातजावत गर्ने सङ्ख्या बढी हुन्छ, त्यहाँ सङ्क्रमण बढी हुने चिकित्सक बताउँछन् ।
कास्की र काठमाडौँ जिल्ला बढी मानिसको अवातजवात हुने क्षेत्र हो । डेंगु सङ्क्रमणका कारणले १३ जनाको मृत्यु भएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते
-
राजावादीहरुद्वारा संयुक्त जनआन्दोलनको घोषणा, तस्बिरमा हेर्नुहोस्
-
राजावादीले गर्यो जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
-
‘एनआरएनए कन्क्लेभ’ आयोजना हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
-
जग्गा प्राप्ति प्रक्रियामै अल्झियो उजिरसिंह प्रादेशिक रङ्गशाला
-
पन्ध्र पुस्तकालयलाई गण्डकी प्रदेश सरकारको अनुदान