जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको टोखा नगरपालिका-१० स्थित गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ घर भई काठमाडौं टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरूङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रूपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण