गुल्मी जिप दुर्घटनामा अपडेट : एक जनाको मृत्यु
शुक्रबार, २८ मङ्सिर २०८१, २२ : २१
गुल्मी । गुल्मी सवारी दुर्घटनामा घाइते भएका १ जनाको मृत्युु भएको छ। गुल्मी रेसुङगा नपा–८ छापटोला बस्ने ४५ वर्षीय नवीन श्रीसको मृत्यु भएको हो ।
उनलाई जिल्ला अस्पताल गुल्मीले मृत्यु भएको घोषणा गरेको छ। घटनाका घाइते भएकी नविनकी श्रीमती ३८ वर्षीय बसन्ती श्रीस, उनका छोरा एक्सन श्रीसलाई थप उपचारको लागि पाल्पा पठाइएको छ।
गुल्मी मुसिकोट नपा ४ दजाकोट सडक खण्डमा बुटवलबाट देउरालीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं. को फोर्स गाडी शुक्रबार साँझ दुर्घटना भएको थियो ।
उक्त घटनामा घाइते हुनेहरूमाचालक जिल्ला गुल्मी मुसिकोट नपा २ देउरालीका २४ वर्षीय दिपक सुनारलाई पनि उपचारका पनि पाल्पा पठाएको छ भने दुर्घटनामा मुसिकोट बस्ने २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गंगा भट्टाई घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण