महासङ्घ रूकुमपूर्व अध्यक्षमा बसन्त निर्वाचित
त्रिवेणी । नेपाल पत्रकार महासङ्घ रूकुम–पूर्वको शाखा अध्यक्षमा बसन्त बाँठा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा बाँठाको प्यानल विजय भएको हो । कूल ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर बाँठा अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुला उपाध्यक्षमा बालाराम शेर्पाली निर्वाचित भएका छन् । प्रतिस्पर्धी उर्मिला गौतमलाई पराजित गरेर शेर्पाली खुला उपाध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पालीले १८ मत प्राप्त गर्दा गौतमले १४ मत प्राप्त गरेकी छन् । महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा निराजन शेर्पाली र कोषाध्यक्षमा सावित्रा खत्री यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै खुला सहसचिवमा वीरस थापा निर्वाचित भएका छन् । प्रतिस्पर्धी चेतकुमार विसीलाई पराजित गरेर थापा निर्वाचित भएका हुन् । थापाले १७ मत प्राप्त गर्दा विसीले १४ मत प्राप्त गरेका छन् । त्यसैगरी समावेशी सह सचिवमा बरम बुढा निर्वाचित भएका छन् । बुढाले प्रतिस्पर्धी दिलचन पुनलाई पराजित गरेका छन् । बुढाले २० मत प्राप्त गर्दा पुनले ११ मत प्राप्त गरेका छन् ।
लोकप्रसाद बुढाथोकी, बिकास बुढामगर, श्रीधर खड्का, र सामना घर्तीको खुला सदस्यमा निर्वाचित भएका छन् । जनजाति सदस्यमा वीरप्रताव बुढा तथा दलित सदस्यमा शिखर विश्वकर्मा निर्वाचित भएको हो ।
महिला सदस्य हिरा बुढामगर, केन्द्रीय परिषद् सदस्य बसम मल्ल तथा लिङ्कन गौतमको निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कूल ३४ मतदाता पत्रकार मतदाता रहेको जिल्लामा ३३ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमाथि एपीएफको रवाफिलो जित
-
पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली
-
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड
-
ट्रम्प समर्थित एआई परियोजनामाथि मस्कले उठाए प्रश्न
-
भैरहवामा आरएनपी-एआर प्रणाली कार्यान्वयनमा, अब ८०० मिटरको भिजिबिलिटीमै विमान अवतरण
-
ट्रम्पले पदभार ग्रहण गरेकै दिन अमेरिकामा ३०८ अवैध आप्रवासी पक्राउ