हेन्ड्रिक्सको मेडेन शतकमा दक्षिण अफ्रिकालाई दुई वर्षपछि पहिलो टी–२० शृङ्खला
सेन्चुरियन । रिजा हेन्ड्रिक्सले टी–२० मा बनाएको पहिलो शतकको मद्दतले दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ७ विकेटको शानदार जित हात पारेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ बल अगावै मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।
योसँगै टोलीले तीन खेलको टी–२० शृङ्खला २–० ले कब्जा गरेको छ । टोलीले कुनै पनि टी–२० शृङ्खला जितेको सन् २०२२ को अगस्तपछि यो पहिलो हो । यसअघि टोली आठवटा शृङ्खलामा जितविहीन रहेको थियो ।
हेन्ड्रिक्सले मात्र ६३ बलमा ११७ रनको पारी खेले । उनले यस क्रममा ७ चौका र १० छक्का प्रहार गरे । उनलाई रसी भान डर डुसेनले राम्रो साथ दिए । उनले ३८ बलमा ६६ रन बनाउँदा ३ चौका र ५ छक्का हिर्काए ।
म्याथ्यु ब्रिट्ज्कीले १२ रन बनाए । पाकिस्तानका लागि जाहाँदाद खानले २ विकेट लिए भने अब्बास अफ्रिदीले १ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले सइम अयुबको ९८ रनको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । उनले ५७ बलमा ११ चौका र ५ छक्का हिर्काए । नटआउट रहेका उनी मात्र २ रनले शतकबाट चुके ।
बाबर आजमले २० बलमा ३१ रनको योगदान दिए । इर्फान खानले १६ बलमा ३० रन बनाए । मोहम्मद रिजवान र अब्बास अफ्रिदीले ११–११ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि दायान गालियेम र ओटनिल बार्टम्यानले २–२ विकेट लिए भने जर्ज लिन्डेले एक विकेट हात पारे ।
पहिलो टी–२० मा दक्षिण अफ्रिका ११ रनले विजयी भएको थियो । तेस्रो टी–२० शनिबार जोहानसबर्गमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण