म्यानचेस्टर सिटीका पूर्वखेलाडी जर्जियाको राष्ट्रपति बन्दै
टबलिसी । प्रिमियर लिग म्यानचेस्टर सिटीका पूर्वखेलाडी शनिबार जर्जियाको नयाँ राष्ट्रपति बन्न लागेका छन् । युरोपियन युनियन (ईयू) को समर्थनमा १६ दिन लामो देशव्यापी प्रदर्शनपछि ५३ वर्षीय मिखाइल काभेलासभिली नयाँ राष्ट्रपति बन्न लागेका हुन् ।
उनी जर्जियाको ड्रिम पार्टीका पूर्वसांसद हुन् । उनलाई सत्तारुढ पार्टीको बहुमत रहेको इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति नियुक्त गर्नेछ । चार मुख्य प्रतिपक्षी दलले यो प्रक्रिया अस्वीकार गरेका छन् । गत अक्टोबरमा भएको निर्वाचनमा धाँधली भएको उनीहरूको आरोप छ ।
निर्वाचन लगत्तै ड्रिम पार्टीविरुद्ध जर्जियामा प्रदर्शन सुरु भएको थियो । नोभेम्बर २८ मा सरकारले ईयूमा समावेश हुने छलफल सन् २०२८ सम्म रोक्ने निर्णय गरेपछि प्रदर्शन व्यापक बनेको थियो ।
यता, मिखाइल काभेलासभिली पिपल्स पावरका पार्टीका संस्थापक पनि हुन् । उनी जर्जियामा पश्चिमा विरोधीका रूपमा चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण