नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बराल निर्वाचित

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिवार बिहान सम्पन्न मतगणना अनुसार बराल निकटतम प्रतिस्पर्धी राजेन्द्र अधिकारीभन्दा ९ भोट अन्तरले विजयी भएका हुन् ।
बरालको १०५ र अधिकारीको ९६ मत आएको निर्वाचन समितिले जनाएको छ । कास्कीको निर्वाचनमा २०५ मत खसेको थियो । बराल युनियन र चौतारी प्यानलका उम्मेदवार हुन् भने अधिकारी विपक्षी प्यानलका हुन् । अन्य पदहरूमा पनि युनियन चौतारी प्यानलकै उम्मेदवारको वर्चस्व छ ।
उपाध्यक्षमा माधव रेग्मी, महिला उपाध्यक्षमा कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिव खुलामा मधु अधिकारी, समावेशी सहसचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा राजाराम पौडेल विजयी भएका छन् ।
सदस्यहरुमा अर्जुन गाहा सुशान्त (१५१), गौरव त्रिपाठी (१४३), राजु गिरी (१३२), बालकुमारी पौडेल (१२९), सन्तोष सुवेदी (१२८), रिखिराम जिसी (११७०), तुलसीराम सुवेदी (१०७), निराजन अधिकारी (१०६) र पुष्पराज दाहाल (१०४) विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो