गुगलमा सबैभन्दा धेरै खोजिइन् हिना खान

मुम्बई । सन् २०२४ सकिन केही दिन मात्रै बाँकी छ । यसैबीच गुगलले यो वर्ष सबैभन्दा धेरै खोजिएका सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ । यो सूचीमा तीन भारतीय स्टार मात्रै परेका छन् जसमा टिभी अभिनेत्री हिना खान, तेलुगु अभिनेता पवन कल्याण र निम्रत कौरको नाम समावेश छ ।
वास्तवमा, हिना खान गुगलको २०२४ को ग्लोबल सर्च लिस्टमा पाँचौँ स्थानमा छिन्। अभिनेत्रीले आफ्नो इन्स्टाग्राम स्टोरीमा २०२४ को टप सर्च लिस्टको स्क्रिनसट सेयर गरेकी छिन् । उनले लेखेकी छन्, 'यो नयाँ उपलब्धिको लागि धेरैले मलाई बधाई दिइरहेका छन्, तर इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो लागि न त उपलब्धि हो न गर्व गर्ने कुरा हो।'
अभिनेत्रीले थप लेखेकी छिन्, ‘कसैको स्वास्थ्य समस्या वा विवादका कारण अनलाइन सर्च हुनु कुनै उपलब्धि होइन । म मेरो कडा परिश्रम र उपलब्धिहरु को लागि मान्यता प्राप्त गर्न चाहन्छु । कुनै अन्य कारणले होइन।’
हिना खानले 'ये रिश्ता क्या कहलाता है' र 'कसौटी जिंदगी की' जस्ता शोहरूमा काम गरिसकेकी छिन्। यस वर्षको सुरुमा अभिनेत्रीले आफ्नो स्तन क्यान्सर भएको जानकारी दिएकी थिइन् । तर, हिनाले आफ्नो रोगसँग पूर्ण साहसका साथ लड्दैछिन् र हरेक दिन सामाजिक सञ्जालमा आफ्ना अनुभव सेयर गरिरहेकी छिन् ।
पवन कल्याण ग्लोबल सर्च सूचीमा दोस्रो स्थानमा छन् । अभिनेता तेलुगु सिनेमामा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छन्। उनी अभिनेता मात्र नभएर राजनीतिज्ञ पनि हुन् । सोही वर्ष २०२४ मा उनी आन्ध्र प्रदेशको उपमुख्यमन्त्री बने।
गुगलको ग्लोबल सर्च लिस्टमा अभिनेत्री निम्रत कौर आठौँ नम्बरमा छिन् । उनी ‘द लन्चबक्स’, ‘दासवी’ र ‘एयरलिफ्ट’ जस्ता फिल्ममा देखिएकी छिन् । फिल्मका अलावा यो वर्ष अभिनेत्री अभिषेक बच्चनसँगको अफेयरका कारण पनि चर्चामा रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले