मोहम्मद आमिरले फेरि गरे संन्यासको घोषणा
शनिबार, २९ मङ्सिर २०८१, १३ : १९
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आमिरले भने, ‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने कठिन निर्णय लिएको छु । यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन्।’
उनले लेखेका छन्, ‘मलाई लाग्छ कि यो अर्को पुस्ताको लागि लगाम सुम्पने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने सही समय हो। मेरो देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठुलो सम्मान हो र सधैँ रहनेछ।’
उनले पीसीबी, आफ्नो परिवार, साथीहरू र आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिए। मोहम्मद आमिरले यसअघि पनि संन्यास लिएका थिए तर उनले यसलाई फिर्ता लिएर पाकिस्तानका लागि टी–२० विश्वकप खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण