बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

महाभियोगको पक्षमा मतदानपछि दक्षिण कोरियाका राष्ट्रपति निलम्बित

शनिबार, २९ मङ्सिर २०८१, १९ : ५१
शनिबार, २९ मङ्सिर २०८१

सियोल । दक्षिण कोरियाको संसदले शनिबार राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको पक्षमा मतदान गरेको छ । मार्शल ल लागु गर्ने प्रयासमा राजीनामा दिन अस्वीकार गरेपछि उनको आफ्नै सत्ताधारी पार्टी उनीमाथि खनिएको थियो ।

एक दशकभन्दा कम समयमा दोस्रो पटक दक्षिण कोरियाली राष्ट्रपतिले महाभियोग प्रक्रियाको सामना गर्नुपरेको हो । यसको अर्थ देशको संवैधानिक अदालतले निर्णय नगरेसम्म युनलाई आफ्नो शक्ति प्रयोग गर्नबाट निलम्बन गरिएको छ।

मतदान पछि, संसद् बाहिर प्रदर्शनकारीहरूमा खुसीयाली छाएको थियो । युनले आफू अहिलेको लागि अस्थायी रूपमा रोकिने स्वीकार गरे । ‘तर मैले विगत दुई वर्षदेखि जनतासँग हिँडेको भविष्यको यात्रा रोकिनु हुँदैन। म हार मान्ने छैन,’ राष्ट्रपति कार्यालयले साझा गरेको विज्ञप्तिमा उनले भने, ‘म राष्ट्रको लागि अन्तिम क्षणसम्म सक्दो प्रयास गर्नेछु ।’

अब देशका प्रधानमन्त्री हान डक-सू, जसले दक्षिण कोरियाको कानुन अन्तर्गत कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन् । उनले भने- ‘म आफ्नो सबै शक्ति र प्रयास राज्यको स्थिर सञ्चालनमा समर्पित गर्नेछु।’ सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप