महाभियोगको पक्षमा मतदानपछि दक्षिण कोरियाका राष्ट्रपति निलम्बित
सियोल । दक्षिण कोरियाको संसदले शनिबार राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको पक्षमा मतदान गरेको छ । मार्शल ल लागु गर्ने प्रयासमा राजीनामा दिन अस्वीकार गरेपछि उनको आफ्नै सत्ताधारी पार्टी उनीमाथि खनिएको थियो ।
एक दशकभन्दा कम समयमा दोस्रो पटक दक्षिण कोरियाली राष्ट्रपतिले महाभियोग प्रक्रियाको सामना गर्नुपरेको हो । यसको अर्थ देशको संवैधानिक अदालतले निर्णय नगरेसम्म युनलाई आफ्नो शक्ति प्रयोग गर्नबाट निलम्बन गरिएको छ।
मतदान पछि, संसद् बाहिर प्रदर्शनकारीहरूमा खुसीयाली छाएको थियो । युनले आफू अहिलेको लागि अस्थायी रूपमा रोकिने स्वीकार गरे । ‘तर मैले विगत दुई वर्षदेखि जनतासँग हिँडेको भविष्यको यात्रा रोकिनु हुँदैन। म हार मान्ने छैन,’ राष्ट्रपति कार्यालयले साझा गरेको विज्ञप्तिमा उनले भने, ‘म राष्ट्रको लागि अन्तिम क्षणसम्म सक्दो प्रयास गर्नेछु ।’
अब देशका प्रधानमन्त्री हान डक-सू, जसले दक्षिण कोरियाको कानुन अन्तर्गत कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्नेछन् । उनले भने- ‘म आफ्नो सबै शक्ति र प्रयास राज्यको स्थिर सञ्चालनमा समर्पित गर्नेछु।’ सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण