प्रिमियर लिग : शीर्ष स्थानका दुई ठूला हस्ती बराबरीमा रोकिए, न्यूकासलको फराकिलो जित
![प्रिमियर लिग : शीर्ष स्थानका दुई ठूला हस्ती बराबरीमा रोकिए, न्यूकासलको फराकिलो जित](https://npcdn.ratopati.com/media/news/forest_egRcPbEfZF.jpg)
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा न्यूकासल युनाइटेडले फराकिलो जित निकाल्दा शीर्ष स्थानको लिभरपुल र आर्सनलले अंक बाँड्नु परेको छ । शनिबार राती भएका खेलमा न्यूकासल युनाइटेडले लेस्टर सिटीलाई ४-० गोल अन्तरले हराउँदा शीर्षस्थानको लिभरपुलले २-२ को बराबरी खेल्दै फुलहमसँग अंक बाँड्नु परेको हो । यस्तै, तेस्रो स्थमानमा रहेको आर्सनलले एभर्टनसँग गोलरहित बराबरी गर्दा दोस्रो स्थानमा उक्लिने मौका गुमायो ।
उता, न्यूकासललाई विजयी गराउन मुर्फीले दुई गोल गर्दा एलेक्सान्दर इसाक र ब्रुनो गुइमारेसले एक-एक गोल गरे । शनिबार राती नै भएको अर्को खेलमा इप्सविच टाउनले उल्भ्सलाई २-१ गोल अन्तरले हरायो ।
अहिलेसम्म १५ खेलबाट ३६ अंक बटुलेको लिभरपुल प्रिमियर लिग तालिकाको शीर्षस्थानमा छ भने ३१ अंक जोडेको चेल्सी दोस्रो र ३० अंक भेला पारेको आर्सनले तेसो स्थानमा छन् । र, एटन भिल्लालाई २-१ ले हराएको नटिङघम शीर्ष चारभित्र अटाएको छ । यसको १६ खेलबाट २८ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म