प्रिमियर लिग : शीर्ष स्थानका दुई ठूला हस्ती बराबरीमा रोकिए, न्यूकासलको फराकिलो जित
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा न्यूकासल युनाइटेडले फराकिलो जित निकाल्दा शीर्ष स्थानको लिभरपुल र आर्सनलले अंक बाँड्नु परेको छ । शनिबार राती भएका खेलमा न्यूकासल युनाइटेडले लेस्टर सिटीलाई ४-० गोल अन्तरले हराउँदा शीर्षस्थानको लिभरपुलले २-२ को बराबरी खेल्दै फुलहमसँग अंक बाँड्नु परेको हो । यस्तै, तेस्रो स्थमानमा रहेको आर्सनलले एभर्टनसँग गोलरहित बराबरी गर्दा दोस्रो स्थानमा उक्लिने मौका गुमायो ।
उता, न्यूकासललाई विजयी गराउन मुर्फीले दुई गोल गर्दा एलेक्सान्दर इसाक र ब्रुनो गुइमारेसले एक-एक गोल गरे । शनिबार राती नै भएको अर्को खेलमा इप्सविच टाउनले उल्भ्सलाई २-१ गोल अन्तरले हरायो ।
अहिलेसम्म १५ खेलबाट ३६ अंक बटुलेको लिभरपुल प्रिमियर लिग तालिकाको शीर्षस्थानमा छ भने ३१ अंक जोडेको चेल्सी दोस्रो र ३० अंक भेला पारेको आर्सनले तेसो स्थानमा छन् । र, एटन भिल्लालाई २-१ ले हराएको नटिङघम शीर्ष चारभित्र अटाएको छ । यसको १६ खेलबाट २८ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण