ला लिगा : बार्सिलोनालाई उछिन्ने रियालको यात्रामा धक्का
आइतबार, ३० मङ्सिर २०८१, ०५ : ४२
काठमाडौं । स्पेनिश ला लिगामा रियाल मड्रिडको शीर्षताको यात्रामा धक्का लागेको छ । शनिबार राती भएको खेलमा रायो भायकानोले ३-३ को बराबरीमा रोकेसँगै रियाल मड्रिडको शीर्षतामा पुग्ने अवसरमा धक्का लागेको हो ।
भायकानोले अंक नखोसेको भए अर्थात् रियाल विजयी भएको भए शीर्ष स्थानमा उक्लिने थियो । बराबरीले पनि शीर्ष स्थानमा रहेको बार्सिलोनासँग एक अंकको दुरी कायम भएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको १७ खेलबाट ३८ अंक छ भने रियालको समान खेलबाट ३७ अंक भएको छ । रियाललाई स्तब्ध हुन नदिन भालभर्डी, बेलिंघम र रोड्रिगोले गोल गरे । रायो भायकानोका लोपेज, मुनिम र प्लाजोनले एक-एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण