विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन् : प्रधानमन्त्री
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिलेसम्म विश्वका शक्तिशाली देशहरुले गरिबी निवारण गर्न सकेका छैनन् । सयौँ वर्षदेखि समृद्धि हासिल गरेर दुनियाँमा विकसित भनेर कहलिएका देशहरूले जनताको अवस्था एक हिस्सा गरिबिको अवस्था गरिबीबाट माथि उठाउन सकेका छैनन् । भिममंगा बनाएर छाडेका छन् । भोकै मनुपर्ने अवस्थामा छाडिइदिएका छन् ।’
उनले अल्टिमेटली कम्युनिस्ट पार्टीले मात्र विकास र समृद्धि ल्याउनसक्ने भन्दै चीनको दृष्टान्त दिए । ‘केही पनि नभएको अवस्थाबाट हरेक ठाउँमा प्रतिस्पर्धा गर्दै अघि बढेको छ चीन । चिनियाँ कम्युनिस्ट पार्टी दृष्टान्तबाट सिक्न सकिन्छ’, प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीले मात्र जनताको सेवा गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण