विल योङ् र विलियम्सनको अर्धशतकसँगै अग्रता फराकिलो बनाउँदै न्युजिल्यान्ड
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा घरेलु टोली न्युजिल्यान्ड ठूलो अग्रतातर्फ अग्रसर देखिएको छ । तेस्रो टेस्टको दोस्रो दिन आइतबारको खेल सकिँदासम्म न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा तीन विकेट गुमाएर एक सय ३६ रन बनाएको छ ।
भ्रमणकारी टोली इङ्ल्यान्डले पहिलो पालीमा बनाएभन्दा न्युजिल्यान्ड तीन सय ४० रनले अगाडि छ । दोस्रो पालीमा न्युजिल्यान्डका लागि विल योङ्ले ६० रनको योगदान गरे । ओपनर ब्याट्सम्यान योङले ८५ बलको सामना गरी नौवटा चौका पनि प्रहार गरे ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका केन विलियम्सनले पनि अविजित ५० रन बनाइसकेका छन् । उनले ५८ बलको सामना गरी आठ चौका हिर्काएका छन् । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान टम लाथम भने १९ रन बनाउँदै आउट भएका थिए । रचित रविन्द्र दुई रनमा अविजित छन् ।
दोस्रो पालीमा इङ्ल्यान्डका बलर बेन स्टोक्सले दुई र गस एट्किन्सनले एक विकेट लिए । त्यसअघि इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा एक सय ४३ रनमात्र बनाउन सकेको थियो । पहिलो पालीमा इङ्ल्यान्डका लागि जो रुटले सर्वाधिक ३२ रन बनाएका थिए ।
कप्तान बेन स्टोक्स २७ रन बनाउँदै आउट भएका थिए । न्युजिल्यान्डका बलर म्याट हेनरीले चार विकेट लिए । उनले १३.४ ओभरमा एक मेडन राख्दै ४८ रन खर्चिए । विल ओ’रुर्क र मिचेल सान्टनरले तीन–तीन विकेट हात पारे ।
त्यसअघि, टस हारी ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पहिलो पालीमा तीन सय ४७ रन बनाएको थियो । पहिलो पालीमा न्युजिल्यान्डका लागि मिचेल सान्टनरले ७६ रनको योगदान गरेका थिए । उनले एक सय १७ बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काए ।
न्युजिल्यान्डका लागि पहिलो पालीमा ओपनर टम लाथमले पनि ६३ रनको योगदान गरे । उनले एक सय ३५ बलको सामना गरी नौ चौका पनि हिर्काएका थिए । केन िविलियम्सनले ४४ र विल योङ्ले ४२ रन बटुलेका थिए । पहिलो पालीमा इङ्ल्यान्डका बलर म्याथ्यू पट्सले चार विकेट लिएका थिए । उनले २८.१ ओभरमा सात मेडन राख्दै ९० रन खर्चिएका थिए । गस एट्किन्सनले तीन, ब्राइडन कार्सले दुई र बेन स्टोक्सले एक विकेट हात पारे ।
तीन टेस्टको शृंखला भने भ्रमणकारी टोली इङ्ल्यान्डले यसअघि नै जितिसकेको छ । पहिलो टेस्टमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको थियो । दोस्रो टेस्टमा पनि इङ्ल्यान्डले न्युजिल्यान्डलाई तीन सय २३ रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण