एक सय रुपैयाँमा आयुर्वेदको उपचार
काठमाडौँ । मेदान्त आयुर्वेद अस्पतालले एक सय रुपैयाँको ओपीडी सेवा दिने भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले अस्पतालको उद्घाटन गरसँगै एक सय रुपैयाँको ओपीडी सेवा दिने भएको हो ।
नयाँ र व्यवस्थित भवनमा न्यूनतम मूल्यमा सुविधा दिइएको अस्पतालका चिकित्सक तथा अध्यक्ष डा. सुवर्ण पौडेलले बताए । उनले डाक्टरले बिरामीलाई समय दिएजस्तै बिरामीले पनि खानपान र स्वास्थ्यका बारेमा पनि सचेत हुन जरुरी रहेको तर्क राखे ।
सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताइन् । यस्तै, उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि राम्रो हुने बताइन् । ‘परापूर्व कालमा बन्ने त्यो दबाइहरूबाट हाम्रो घरेलु उपचार गर्दै आउनु भएको थियो भन्ने एउटा प्रसंग आएको छ,’ उनले भनिन्, ‘यो प्राय हाम्रो उमेर समूहको मान्छेहरू सबैले गर्नु भएको छ जस्तो लाग्छ । हामीले त्यो प्रकारको औषधी खाएका पनि छौँ र जानेर नजानेर त्यो उपचार पनि गरेका पनि छौँ । हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ तर आयुर्वेदिक औषधीहरूले केही समय लिन्छ ।’
सोही कार्यत्रममा क्याप्टेन लामाले आयुर्वेद निकै पुरानो औषधी भएको र यसलाई विकल्पका रूपमा राख्न नहुने बताए । क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रूपमा खानपान र व्याममा ध्यान दिनुपर्ने बताए । त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई नै विश्वास गर्नुपर्ने कुरामा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण