म्यान्चेस्टर डर्बीमा पनि हारे ग्वार्डिवला
काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । म्यान्चेस्टर सिटी इतिहाद रंगशालामा संघर्ष गर्दागर्दै चिप्लियो । पहिलो हाफपछि पनि कयौँ समय पेप ग्वार्डिवलाको टोली म्यान्सिटीले निराशाजनक संघर्षका दौरान पनि जित दिलाउने आशा जोगाएको थियो । म्यान्चेस्टर युनाइटेडलाई जिताउन डायलोले गरेको गोल निर्णायक बन्यो ।
त्यसअघि ८८औं मिनेटमा फर्नान्डेसले पेनाल्टी गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । घरेलु टोली म्यान्सिटीले पहिलो हाफको ३६ औं मिनेटमा गोल गरेको थियो । यो हारले म्यान्सिटीलाई थप घाटा लागेको छ भने युनाइटेडले आफुलाई बलियो बनाउँदै लगेको छ । पाँचौ स्थानमा भएको म्यान्सिटीको २७ अंक हुँदा १३औं स्थानमा रहेको युनाइटेडको २२ अंक भएको छ ।
प्रिमियर लिग कै अर्को खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई हराएको छ । प्यालेसले ब्राइटनलाई उसैको घरेलु मैदानमा ३-१ गोल अन्तरले हराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण