पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्त्व बुझाउने, यसको गतिविधि जनतनमा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका छन् । सोमबार संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
घिमिरेले जनरल पत्रकारिताभन्दा संसदीय पत्रकारिता विशिष्ट काम भएको समेत बताए । संसद्को विशेष अधिकार ठिक ढङ्गले लान पत्रकारहरूले मिहिनेतपूर्वक काम गरेको समेत उनले बताए । सभामुख घिमिरेले भने, ‘२०४६ पश्चात् पत्रकारिताले विशिष्ट भूमिका खेलेको छ । संसदीय मामिलाको गतिविधि र लेखेको समाचारले सांसदहरूलाई संसद्मा गएर के गर्न हुन्छ हुँदैन भन्नेमा जिम्मेवारी बहन गराउन भूमिका निर्वाह गरेका छन् ।’
उनले पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको समेत बताए । ‘हामीभित्र शासन प्रणालीको कमजोरीलाई देखाएर व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको सन्दर्भमा पत्रकारले पनि भूमिका खेल्नुपर्छ’ उनले भने ।
उनले अहिले १५–२० वटा विधेयक समितिमा रहेको बताउँदै सांसद उत्तरदायी भएनन् भन्ने बाहिर म्यासेज गएको समेत बताउँदै त्यसमा आफ्नो ध्यान गएको बताए । उनले भने, ‘यस्तो बेला यी समिति नियमित ढङ्गले सञ्चालन गर्न मैले दलका नेता तथा समितिका सभापतिलाई एकल र फरक फरक बसेर बारम्बार निर्देशन दिने काम गरेको छु ।’
घिमिरेले सङ्घीयतामाथि प्रश्न उठेका बेला ऐन बनाउने विषयमा मुख्य मुख्य विधेयक पास गर्न आफूले पटक पटक निर्देशन दिएको बताए । उनले भने, ‘हामीभित्र केही समस्या छ, जनताको संसद्प्रतिको सकारात्मक धारणा हिजोभन्दा घट्दै गएको छ । यी कुरामा सबैले ध्यान दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण