सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
सर्लाही । इस्लामिक रिलीफ बागमती सेवा समाज र ईश्वरपुर नगरपालिकाको संयोजनमा स्थानीयलाई जाडोको न्यानो लुगा वितरण गरिएको छ ।
ईश्वरपुर नगरपालिकाका विभिन्न वडाका नागरिकलाई जाडोमा चिसोबाट बच्नका लागि आवश्यक राहत सामग्री वितरण गरिएको हो ।
गत शुक्रबारदेखि वितरण सुरु गरिएको राहतकार्यअन्तर्गत साढे २ करोड रुपैयाँको लागतमा कम्बल, म्याट र अन्य अत्यावश्यक सामग्रीहरूको वितरण गरिएको छ ।
जाडो महिनामा चिसो बढ्दै जाँदा इस्लामिक रिलीफ बागमती सेवा समाज र नगरपालिकाको सामूहिक प्रयासमा प्रभावित क्षेत्रका घरपरिवारलाई मेयर मनोज आचार्यले राहत वितरण गरेका हुन् ।
राहत सामग्री वितरण कार्यक्रममा चिसोबाट बच्नका लागि आवश्यक म्याट र कम्बलको व्यवस्था गरिएको छ ।
‘हाम्रो मुख्य उद्देश्य चिसोको कारणले प्रभावित नागरिकहरूको जीवनस्तर सुधार्नु र उनीहरूको कठिनाइलाई कम गर्नु हो,’ मेयर आचार्यले भने ।
सम्बन्धित राहतकार्य ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा प्राथमिकताका साथ सञ्चालन गरिएको थियो । यस कार्यक्रमबाट प्रभावित क्षेत्रका नागरिकहरूको दैनिकीमा केही हदसम्म सहजता आएको र भविष्यमा पनि यस्ता राहतकार्यहरू जारी राख्ने योजना बनाइएको छ ।
सम्पूर्ण राहत वितरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको र यसबाट प्रभावित समुदायमा सकारात्मक प्रभाव परेको विश्वास व्यक्त गरिएको छ ।
मेयर आचार्यले स्थानीय जनहितको लागि हरेक वर्ष यस्ता राहतका प्याकेजहरू वितरण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण