राष्ट्र बैंकले तेस्रोपटक पनि किन रद्द गर्यो ‘इमेल सेक्युरिटी गेटवे’को ठेक्का ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले इमेल सेक्युरिटी गेटवेको ठेक्का प्रक्रिया तेस्रो पटक पनि रद्द गरेको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा विभागले कात्तिक १४ गते खुलाएको उक्त विडिङ तेस्रो पटक समेत रद्द गरेको हो ।
इमेल सेक्युरिटी गेटवे पठाइएको र प्राप्त भैरहेको इमेल निगरानीको लागि प्रयोग गरिने उपकरण वा सफ्टवेयर हो। यस्तो गेटवेले असुरक्षित सामाग्री रोक्न र राम्रो इमेल डेलिभर गर्न डिजाइन गरिएको हो । स्पाम, फिसिङ आक्रमण, मालवेयर वा जालसाजीयुक्त सामाग्री रोक्न यस्तो ठेक्का आह्वान गरिएको कार्यकारी निर्देशक सुमन कुमार अधिकारी बताउँछन् ।
तर, राष्ट्र बैंकले अनुमान गरेको लागत बजेटमा बोलपत्र नपरेपछि उक्त ठेक्का प्रक्रिया नै रद्द गरिएको कार्यकारी निर्देशक अधिकारीको भनाइ छ । ‘सुरक्षा गेटवेको लागत हामीलाई थाहा हुँदैन, हामीले अनुमान गरेको लागतभित्र सेवा दिने नपाएपछि ठेक्का नै रद्द गरिएको हो,’ अधिकारीले भने ।
यसअघि पनि राष्ट्र बैंकले जेठ ९ गते यस्तो ठेक्का खुलाएको थियो । असार १४ मा उक्त ठेक्कालाई रद्द गरिदिएको थियो । अहिले दोस्रोपटक खुलाएको ठेक्का समेत फेरि रद्द गरिएको हो ।
त्यसअघि गत चैत १३ गते खुलाएको ठेक्का बैशाख ९ गते खारेज संशोधन गरिएकोमा पछि फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण