डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
शनिबार, ०९ साउन २०८३, १७ : ३२
सारांश
- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा.गोविन्द केसीका मागहरुको विषयमा सहमतिमा पुग्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
- मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत डा. केसीका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको बताएका हुन् ।
- यस संवादलाई अगाडि बढाउन शिक्षा सचिव चूडामणि शर्मालाई धनगढी पठाइएको छ ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डा.गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत डा. गोविन्द केसीले उठाएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार रहेको बताएका हुन् ।
पोखरेलले हिजो शुक्रबार डा.केसीसँग संवाद भएको र यही संवादलाई टेकेर अघि बढ्न आज शिक्षा सचिव चूडामणि शर्मालाई धनगढी पठाइएको बताए ।
सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले भनेका छन्, ‘हिजो बेलुकै मैले डा.गोविन्द केसीज्यूसँग टेलिफोनमार्फत संवाद गरेको थिएँ । सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिवज्यू उहाँसँग प्रत्यक्ष संवादका लागि धनगढी पुग्नुभएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण