सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशन चल्ने समयमा बजेट अधिवेशन नै अन्त्य भएन
धनगढी । सुदूरपश्चिम प्रदेश सभा लामो समयदेखि बिजनेसविहीन देखिएको छ गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि हालसम्म बैठक बस्न सकेको छैन ।
प्रदेश सभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैशीले बैठकका लागि ठोस एजेन्डा नहुँदा बैठक बस्न नसकेको जानकारी दिए ।
उनले भने, ‘हालसम्म बिजनेस केही छैन । दुई वटा विधेयक छलफलका लागि विषयगत समितिमा छन्, त्यति मात्रै हो । एउटा स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संशोधन सम्बन्धी विधेयक मात्रै छ ।’
तर, हालसम्म बजेट अधिवेशनको अन्त्य समेत गरिएको छैन । हिउँदे अधिवेशन चल्ने समयमा हालसम्म बजेट अधिवेशन नै अन्त्य नगरिएको हो ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभा केवल सरकार फेरबदलमा मात्रै सीमित देखिएको छ । मुख्यमन्त्रीहरूलाई समर्थन तथा विश्वासको मत दिनेमा सीमित देखिएको हो ।
प्रदेश सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभाका कर्मचारीहरू पनि फुर्सदिला तथा कामविहीन देखिएका छन् ।
सूचना अधिकारी जैशीले रातोपाटीसँग भने, ‘केही काम छैन । भूमिकाविहीन जस्तै भइयो । बिजनेसको बारेमा सरकारसँग सोध्नुपर्यो ।’
जनताको आवाज बुलन्द हुने प्रदेश सभा नै कामविहीन बनेपछि जनताका आवाज उठ्न सकेका छैनन् । योसँगै सचिवालयका कर्मचारी फुर्सदिला समेत भएका हुन् ।
सदन सञ्चालनको दबाब सिर्जनामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भूमिका पनि कमजोर देखिएको छ । तर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले आफूहरूले निरन्तर सरकारलाई दबाब दिए पनि सुनुवाइ नगरेको बताए ।
सरकारले दुई तिहाइको दम्भ देखाएको र सदरप्रति गैरजिम्मेवार बन्दा हालसम्म बजेट अधिवेशन अन्त्य हुन नसकेको बताउँदै उनले बिजनेस पनि दिन नसकेको बताए ।
सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले चाँडै नै सदन चल्ने दाबी गरे । बिजनेसको कुरा सरकारको कुरा रहेको बताउँदै उनले अहिले नै हिउँदे अधिवेशन चल्नुपर्ने भन्ने कुनै कानुनी प्रावधान नरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण