देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेकी छन् । नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उपाध्यक्ष भुसालले पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने महत्वपूर्ण पेसा भएकाले निष्पक्ष भएर समाजलाई सत्मार्ग लाग्न प्रेरणा दिनुपर्ने बताइन् ।
“सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिताको दायरा पनि फराकिलो हुँदै गएको छ, नागरिकस्तरमा पनि पत्रकारिताको अभ्यास हुन थालेकाले समाजलाई सही बाटोमा हिँडाउनका निष्पक्ष पत्रकारिता हुनुपर्छ”, उनले भनिन् ।
संविधानप्रदत्त अधिकार उपयोग गरेर सामाजिक परिवर्तनमा सञ्चारकर्मी लाग्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री भुसालले समाजमा व्याप्त विकृति, विसङ्गति एवं राज्यका गलत कार्यलाई खबरदारी गर्न पत्रकारहरू निर्भीकतापूर्वक लाग्नुपर्ने बताइन् ।
शाखाका अध्यक्ष रामहरि कार्कीले महासङ्घलाई एकताबद्ध बनाएर जनताका पक्षमा पैरवी गर्ने जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण