रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
काठमाडौँ । फिफा इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले जितेको छ । रियल म्याड्रिडले बुधबार राति खेलिएको फाइनल खेलमा मेक्सिन प्रतिद्वन्द्वी पाचुकालाई ३–० गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनल खेल कतारको दोहास्थित लुसेल स्टेडियममा खेलाइएको थियो । खेलको प्रारम्भदेखि नै रियल म्याड्रिडले आफ्नो प्रतिद्वन्द्वीलाई दबाबमा राखेको थियो । पहिलो हाफमा एक गोल गरेको रियल म्याड्रिडले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो ।
खेल सुरु भएको ३७औँ मिनेटमै रियल म्याड्रिडका फ्रान्सेली स्टार केलियन एमबाप्पेले पहिलो गोल गरेका थिए । केही समयअघि मात्र रियल म्याड्रिडमा आबद्ध भएका २५ वर्षीय स्ट्राइकर एमबाप्पेले रियलको तर्फबाट जितेको यो पहिलो उपाधि पनि हो ।
दुई वर्षअघि डिसेम्बर १८ तारिखमै यही स्टेडियममा खेलिएको विश्वकपको फाइनल खेलमा एमबाप्पेले ह्याट्रिक गोल गरेका थिए । कतार विश्वकपको यही स्टेडियममा खेलिएको अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा एमबाप्पेले निर्धारित समयको ८०औँ, ८१औँ र ११८औँ मिनेटमा गोल गरेका थिए । यद्दपि, त्यो विश्वकपको फाइनलमा फ्रान्सेली टोली अर्जेन्टिनासँग पराजित भएको थियो ।
बुधबार राति खेलिएको पाचुकाविरुद्धको खेलमा निर्धारित समयको ५३औँ मिनेटमा रोड्रिगोले रियल म्याड्रिडको अग्रता दोब्बर बनाएका थिए । निर्धारित समयको खेल सकिनुभन्दा ६ मिनेटअघि भिनिसियस जुनियरले रियल म्याड्रिडका लागि तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । फिफा इन्टरकन्टिनेन्टल कपको यो पहिलो संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण