निर्माण व्यवसायीको पैसा आइसकेको छ, एक दुई दिनभित्र भुक्तानी हुन्छ : भौतिक पूर्वाधारमन्त्री
काठमाडौँ । अर्थ मन्त्रालयले निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी रकम भौतिक पूर्वाधार मन्त्रालयमा पठाएको छ । मन्त्रालय सम्बद्ध आयोजनाको बाँकी रकम भुक्तानीका लागि रकम आएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।
नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उक्त रकम केही दिनभित्रै बिल अनुसारको सबै भुक्तानी हुने बताए ।
उनले अहिले निर्माण व्यवसायीको भुक्तानी कति छ भन्ने विवाद गर्नुको औचित्य नभएको उनको भनाइ छ । हामीले २० अर्ब, ४० अर्ब वा ५० अर्बको विवाद किन गर्ने ? हामीले बिल अनुसारको सबै भुक्तानी दिने हो, १०–१५ अर्बमै सबै भुक्तानी भयो भने ४०, ५० अर्ब किन चाहियो ?’ उनले भने ।
दाहालले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै यो विषय सरकारलाई राम्रोसँग थाहा भएको बताए । उनले सरकार ढल्छ, मन्त्री हट्छन् भन्ने भ्रम फैलाइएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण