‘ह्वाइट वास’ को योजनामा रहेको नेपालले हङ्कङलाई दियो २६६ रनको लक्ष्य
काठमाडौँ । नेपालको यू–१९ टोलीले शुक्रबार खेलिएको तेस्रो एकदिवसीय क्रिकेटमा हङ्कङको यू–१९ टोलीलाई जितका लागि दुई सय ६६ रनको विशाल लक्ष्य दिएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले ४९.१ ओभरमा अलआउट हुनुअघि दुई सय ६५ रन बनाएको हो ।
नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान सूर्यान्शु कोइरालाले ६० रन बनाए । उनले ९६ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्तोष यादवले पनि टोलीका लागि ५३ रनको योगदान गरे । उनले केवल ४५ बलको सामना गरी एक छक्का र ६ चौका प्रहार गरे ।
यसैगरी, सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान अभिषेक तिवारीले पनि टोलीका लागि ५६ रनको योगदान गरे । उनले केवल ४१ बलमा दुई छक्का र चार चौका हिर्काए ।
नेपालका लागि नरेन भट्टले पनि ३६ रनको योगदान गरे । उनले ४७ बलमा दुई चौका प्रहार गरे । ओपनर सोहेल कुँवर भने १३ रन बनाउँदै आउट भएका थिए । राजेश बोहराले ११ रन बनाए ।
नेपालले अतिरिक्त रुपमा पनि २१ रन पायो । हङ्कङका बलर प्रित मंगुकिया, सायन पुरी, पार्थ श्रीवास्तव र ड्यानियल म्यापले दुई–दुई विकेट लिए ।
तीन खेलको शृङ्खला भने नेपालले यसअघि नै जितिसकेको छ । पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल दुई सय २६ रनको विशाल अन्तरले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण