रवि र छविबाहेक १९ जनाविरुद्ध मुद्दा दर्ताका लागि अदालत पुग्यो टोली
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीको टोली १९ जना विरुद्ध मुद्दा दर्ताका लागि पुगेको छ। शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको र अभियोग पत्र रुजुको काम चलिरहेको जिल्ला अदालत कास्कीले जनाएको छ।
अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशी बाहेक अन्य १९ जना विरुद्ध मुद्दा चलाउने तयारी छ । जिल्ला अदालत कास्कीमा उनीहरु विरुद्ध पूरक अभियोग पत्र दायर गर्न लागिएको हो ।
सूर्यदर्शन सहकारी ठगीमा यसअघि पनि एउटा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा विचाराधीन नै रहेको अवस्थामा पुनः जाहेरी परेर अनुसन्धान हुँदा थप रकम अपचलन भएको पाइएपछि पूरक अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।
कास्कीले ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीवी राईसहितलाई प्रतिवादी बनाएको छ। उनी हाल फरार रहेका छन् । अघिल्लो मुद्दामा पनि उनी मुख्य प्रतिवादी थिए ।
जिल्ला सरकारी वकिल कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो । हिरासतमा रहेका रवि, छवि र नेचर हब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइसहितको हकमा आइतबार मात्र मुद्दा दर्ता हुने जिल्ला अदालतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण