हङकङविरुद्धको यू–१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपालको ‘ह्वाइट वास’
काठमाडौँ । नेपालको यू–१९ टोलीले हङकङको यू–१९ टोलीविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलामा ‘ह्वाइट वास’ गरेको छ । नेपाली टोलीले शुक्रबार खेलिएको तेस्रो तथा अन्तिम खेलमा पनि हङकङलाई एक सय ३० रनको फराकिलो अन्तरले हरायो ।
यो नतिजासँगै नेपाली टोलीले ३–० ले शृंखला आफ्नो पक्षमा पा¥यो । यसअघि खेलिएको पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई दुई सय २६ रनको विशाल अन्तरले हराएको थियो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती ब्याटिङको निर्णय लिएको नेपालले ४९।१ ओभरमा अलआउट हुनुअघि दुई सय ६५ रन बनाएको थियो । ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको हङ्हङले भने निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रनमत्र बनाउन सक्यो ।
हङकङका लागि प्रित मंगुकियाले अर्धशतकीय पाली खेले । उनले अविजित ५५ रन बनाए । यस क्रममा उनले ८७ बलको सामना गरी सात चौका पनि हिर्काए । अब्दुल समादले २३ र कप्तान शिव माथुरले १९ रन बटुले । हङकङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका बलर अभिषेक तिवारी र अफरुद्दित रेनले दुई–दुई तथा राजेश बोहरा, दिपक सेराला र सन्तोष यादबले एक–एक विकेट हात पारे ।
त्यसअघि, नेपाली टोलीका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । ओपनर ब्याट्सम्यान सूर्यान्शु कोइरालाले ६० रन बनाए । उनले ९६ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्तोष यादबले ५३ रनको योगदान गरे । उनले ४५ बलमा एक छक्का र ६ चौका प्रहार गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान अभिषेक तिवारीले पनि टोलीका लागि ५६ रनको योगदान गरे । उनले केवल ४१ बलमा दुई छक्का र चार चौका हिर्काए ।
नेपालका लागि नरेन भट्टले पनि ३६ रनको योगदान गरे । उनले ४७ बलमा दुई चौका प्रहार गरे । ओपनर सोहेल कुँवर भने १३ रन बनाउँदै आउट भएका थिए । राजेश बोहराले पनि टोलीको खातामा ११ रन थपे ।
नेपालले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । हङकङका बलर प्रित मंगुकिया, सायन पुरी, पार्थ श्रीवास्तव र ड्यानियल म्यापले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण