शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने

बिहीबार, १० जेठ २०७५, १८ : ४१
बिहीबार, १० जेठ २०७५

रुकुम ।  प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले कोही पनि कानूनको अनभिज्ञ हुन नपाउने बताएका छन् । 

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा ‘जनताका आवाज प्रदेशसभामा उठाउने प्रक्रिया’बारे जानकारी गराउने उद्देश्यले आज आयोजित अन्तक्र्रियाम सभामुख घर्तील अहिलेसम्म संसद्मा कुनै पनि प्रदेशसभा सदस्य सत्तापक्ष र प्रतिपक्षको भूमिकामा नभई सबैको सहमतिमा ऐन, नियम बनिरहेको बताए । 

पहिलेका संसद् बैठकमा सरकार र सांसदले मात्र प्रस्ताव पेश गर्न पाउने भए पनि अब भने सर्वसाधारणले पनि संसद्मा प्रस्ताव पेश गर्न सक्ने जानकारी उनले दिए । कुनै महत्वको प्रस्ताव पेश गर्दा १०० सर्वसाधारणले हस्ताक्षर गर्नुपर्ने र त्यसलाई तीन सांसदले समर्थन गरेमा प्रस्ताव संसद् सचिवालयमा दर्ता भएर छलफल हुने उनले जनाए । 

फरक प्रसंगमा सभामुख घर्तीले प्रदेश संसद् सचिवालयमा अहिलेसम्म पनि कर्मचारी र भौतिक संरचनाको अभाव कायमै रहेको बताए । अहिलेको अवस्थामा संसद्लाई ७५ कर्मचारी आवश्यक पर्ने भए पनि २६ मात्र कार्यरत रहेको जानकारी उनले दिए । 

संसद् सचिवालयका सचिव डा मानबहादुर विकले नेपालमा प्रदेशसभा नयाँ भएकाले अहिल सबै जना सिक्ने प्रक्रियामा रहेको बताए ।  संघीय संरचनानुसार प्रदेश संसद् नयाँ भएकाले यसका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप