थुनामुक्त गराइदिन्छु भन्दै रकम असुली गर्ने ३ जना पक्राउ
शनिबार, ०६ पुस २०८१, ११ : ४५
धनगढी । प्रहरीको थुनामा रहेका थुनुवालाई मुक्त गराइदिने भन्दै रकम असुली गर्ने ३ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका १ बाट लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका एक थुनुवालाई थुनामुक्त गराइदिन्छु भनी परिवारजनबाट रकम असुली गरेको आरोपमा गौरीगंगा नगरपालिका ७ का २९ वर्षीय रुपक साउँद, २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सहप्रवक्ता दर्शन खड्का अनुसार उनीहरुले थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारु लिएका थिए । अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई भएको समेत खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण