सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर हुँदा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दीपेशको नाम पनि समावेश रहेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी गितेन्द्र बाबु (जीबी) राईको समूहमा आवद्ध रही सहकारीको बचतकर्तालाई विश्वास दिलाउने, आकर्षक ब्याजदरको प्रलोभन देखाउने लगायतका कार्यबाट गैरकानुनी लाभ लिने कार्यमा संलग्न देखिएको निष्कर्ष निकालिएको छ ।
यस्तै आफूसँग मतभेद हुने व्यक्तिहरुलाई सहकारीबाट राजीनामा गर्न लगाइ आफू र आफ्नो समूहको नियन्त्रणमा राखी सोही समूहमा रहेका अर्का प्रतिवादी भुपेन्द्र राई समेतको मिलेमतोमा बुटवलस्थित सुप्रिम सहकारीमा सञ्चालक समितिको सचिव रहेको र काठमाडौँमा समेत स्वर्णलक्ष्मी सहकारीमा आफ्नो श्रीमती रविना आलेलाई सञ्चालकमा राख्दै आफू अनुकुल निर्णय गराएर सूर्य दर्शन सहकारीबाट ऋण लिएको देखिएको आइतबार कास्की अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।
यस्तै उनले बचत अपचलन गर्ने क्रममा आफ्नो वास्तविक नाम नलेखेको पनि अभियोगपत्रमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण