सहकारी ठगीमा जोशीविरुद्ध ५ करोड २६ लाख बिगो कायम, लामिछानेविरुद्ध ३ करोड ३७ लाख
आइतबार, ०७ पुस २०८१, १९ : ५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो मागदाबी गरेको छ ।
जिल्ला अदालत कास्कीमा दायर गरिएको अभियोग पत्र अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो कायम गरिएको हो । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा छुट्टाछुट्टै बिगो कायम गर्ने कानुनी व्यवस्था छ ।
त्यस्तै, पूर्व डीआईजी छविलाल जोशी विरुद्ध सहकारी ठगीमा ५ करोड २६ लाख बिगो कायम गरिएको छ । जोशी विरुद्ध सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण