ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भौतिक संरचनाको अभावमा सोचेअनुरुप खेल र खेलाडीको विकास हुन नसकेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रिकेटका लागि टीयू मैदानको पूर्वाधारले मात्रै नधान्ने र अन्य पूर्वाधारको विकार कछुवाको गतिमा भइरहेको बताएका हुन् ।
उनले मुलपानी, गौतमबुद्ध लगायतका राष्ट्रिय गौरवको आयोजनाको काम कछुवाको गतिमा भइरहेको उनको भनाइ छ । ‘सुरुवाती चर्चाजस्तै पूर्वाधार, टीयू मैदानको पूर्वाधारले पुगेन । मुलपानी कछुवाको गतिमा भयो, गौतमबुद्ध भएन । सुदूरपश्चिम र मधेसमा त गतिलो चौर पनि छैन,’ उनले भने ।
नेपाल प्रिमियर लिग (एनपीएल) को व्यवस्थापकको रूपमा क्यान सफल भएको उनको दाबी छ । क्रिकेटको विकासमा नेपाल सरकार र सम्बन्धित निकायको योगदान एकदमै काम रहेको उनले बताए । क्रिकेट र खेलाडीको विकासका लागि बजेट व्यवस्थापन गरिदिन उनले खेलकुद मन्त्री तेजुलाल चौधरीको ध्यानाकर्षण गराए ।
‘क्रिकेटको विकासमा नेपाल सरकारको योगदान, क्रिकेट गतिविधि विस्तारका लागि छैन । युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद् या कुनै निकायले पनि क्रिकेटको विकासको लागि भनेर बजेट छुट्याएको अवस्था छैन । त्यसतर्फ पनि सोच्नुपर्ने हो कि ?,’ अध्यक्ष चन्दले भने ।
साथै, खेलाडीहरूको वृत्तिविकासको कुरामा पनि नीति नबनेको उनले दुखेसो पोखे । २०/२५ वर्ष देशको लागि खेलिसकेपछि खेलाडीले के गर्ने भनेर अझै अन्यौलतामा रहेको उनको भनाइ छ । सो अन्तर्क्रिया कार्यक्रममा सहभागी रहेका खेलकुद मन्त्री चौधरीलक्षित गर्दै उनले ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुने बताए ।
‘ताली बजाएर क्रिकेटको धेरै विकास होलाजस्तो लाग्दैन । भाषण गरेर मात्रै विकास होलाजस्तो लाग्दैन । अब यसलाई नीतिगत निर्णय गरेर कामका माध्यमबाट पूर्वाधारहरू बनाएर र खेलाडीहरूलाई हौसला प्रदान गर्ने नीति ल्याएर प्रतियोगिता र तयारीहरूको लागि पनि सरकारले बजेटको व्यवस्था गर्यो भनेर नेपाल पनि भविष्यमा विश्वकपमा पर्छ,’– उनले भने ।
साथै, एउटा प्रदेशमा न्यूनतम एउटा रङ्गशाला अहिलेको आवश्यकता रहेको पनि उनले बताए । क्रिकेटले देशको अर्थतन्त्रमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुर्याइरहेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण