फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
पाँचथर । पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा–११ फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।
फिदिम माविको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्रले झापा–११ माथि ५–० गोलअन्तरको जित निकालेको हो । खेलमा हाबी देखिएको मच्छिन्द्रले झापा–११ माथि गोल फर्काउने कुनै मौका दिएन । मच्छिन्द्रका लागि खेलको ११औँ मिनेटमा देवेन्द्र तामाङ, ३०औँ मिनेटमा उत्सव राई, पहिलो हाफको अतिरिक्त समयमा बिजु भुजेल, खेलको ७९औँ मिनेटमा सौरभ सुब्बा र ९०औँ मिनेटमा पुनः बिजु भुजेलले गोल गरेका थिए । जितसँगै मच्छिन्द्र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका बिजु भुजेल घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत सोमबार हुने क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौँ र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए । शनिबारदेखि सुरु भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले रु १० लाख पाँच सय ५५ तथा उपविजेताले रु पाँच लाख पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरूले समेत पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण