आँगनमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा किशोर पक्राउ
सोमबार, ०८ पुस २०८१, १४ : ४४
रौतहट । रौतहट चन्द्रपुर नगरपालिका-९ सिंधुरेघाडी निवासी रामकाजी गुरुङले आफ्नै घर आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् ।
गत पुस १ गते बिहान अन्दाजी ४:३० बजेको पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पुस ५ गते चन्द्रपुर नगरपालिका वडा नं.१० छट्टु चौधरीको बाँसघारी भित्र झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाइलकल फेला परेको थियो ।
प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा १९ वर्षीय आयुष चौधरीलाई पक्राउ गरेको छ । उनलाई म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण