भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका बाबुछोराको शरीरमा चोट भेटिएको छ । मृत फेला पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रबिन आचार्य छन् । कुलप्रसादको टाउको पछाडि र कानमा चोट भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । उनले भने, ‘प्रवीण अचार्यको पनि टाउको पछाडि चोट देखिएको छ ।’
अनुसन्धानको लागि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिएको छ । दुवाकोटस्थित केएमसी अस्पतालबाट फरेन्सिक विज्ञको टिम घटनास्थलमा गएर अनुसन्धान गरेका छन् ।
कुलप्रसाद आचार्य खोटाङस्थित जिल्ला हुलाक कार्यालयको निमित्त कार्यालय प्रमुख हुन् । ६ दिनअघि उनी काठमाडौँ आएका थिए । उनका दुई भाइ छोरा मिलन र प्रवीण भक्तपुरमा बसेर पढ्थे । जेठा छोरा मिलन बिए पास गरेर लोकसेवाको तयारी गर्दै थिए । कान्छो प्रवीण आचार्य भिएस निकेतनमा बिएससी पढ्दै थिए ।
बालकोट फिकाधारास्थित डेराको भुँइतलामा पुस ६ मा खाना खाएर उनीहरू डेरामा सुतेका थिए । छुट्टाछुट्टै कोठामा ताला लगाएको अवस्थामा उनीहरू मृत भेटिएका हुन् । उनीहरूको हत्या भएको आशंका गरिएको डीएसपी नेउपानेले जानकारी दिए । उनीहरूको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण