समाचार
बालकोटमा बाबुछोरा मृत अवस्थामा फेला
सोमबार, ०८ पुस २०८१, १३ : २१
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । सोमबार बिहान फिकाधारा स्थित साढे ३ तले घरमा दुई जना मृत भेटिएका हुन् । मृत फेला पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रवीण आचार्य छन् ।
४ वर्षदेखि सो घरमा डेरामा बस्दै आएका बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । बाहिरबाट ताला लगाएको अवस्थामा उनीहरूको शव भेटिएको हो । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
उनीहरूमाथि हतियार प्रहार गरेको देखिएको डीएसपी नेउपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण