क्रिकेट मैदान बाहिर अमन सिंहमाथि आक्रमण भएको पुष्टि भएन : प्रहरी
काठमाडौँ । त्रिवि क्रिकेट मैदान बाहिर आक्रमणमा परेको भनिएका युवक अमनकुमार सिंहमाथि कुटपिट नभएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर नश्लीय र साम्प्रदायिक व्यवहार गर्दै अमनमाथि कुटपिट भएको भनेर सामाजिक सञ्जालमा विरोध भएको थियो ।
भिडले कुटपिट र लछारपछार गर्दा अमनको दुवै हात भाँचिएको भनेर मधेसी आयोगमा उजुरी परेपछि आयोगले छानबिन गर्न भनेको छ । तर, प्रारम्भिक छानबिन गर्दा अमन कुमार सिंंह खेल सकिनुअघि नै अस्पतालमा भर्ना भएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
अस्पतालको रेकर्ड अनुसार शनिबार २ बजेर १२ मिनेटमा उनी ट्रमा सेन्टरमा भर्ना भएको देखिएको छ । त्यसबेला फाइनल खेल सकिएको थिएन । सर्लाहीको बलरा घर भएका अमन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
अमनको काका नाता पर्ने उमेश सिंहले भतिजाले आफूमाथि कुटपिट भएको बताउने गरेको जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उमेशले भने, ‘उसले कसैले हिर्काएपछि लडेँ, त्यसपछि के भयो मलाई थाहा छैन भनेको छ ।’
क्रिकेट मैदान बाहिर हुलदङ्गा भएको र त्यहाँ अमन घाइते भएको परिवारको जिकिर छ । तर, अमन लडेर घाइते भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
फाइनल खेल सकिएपछि हुलदंगा गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका घर भएका २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका घर भएका १८ वर्षीय गणेश साउद छन् ।
उनीहरूले जनकपुर बोल्ट्सका समर्थकहरूलाई नश्लीय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
_33GL8Rmbhs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण