विनोद काम्बली अस्पताल भर्ना, अवस्था चिन्ताजनक
मुम्बई । पूर्वक्रिकेटर विनोद काम्बलीको स्वास्थ्य बिग्रिएको छ । उनलाई शनिबार राति ठाणेको अस्पतालमा भर्ना गरिएको थियो । समाचार एजेन्सी आईएएनएसका अनुसार ५२ वर्षीय काम्बलीको अवस्था चिन्ताजनक छ ।
मुटुसम्बन्धी समस्याबाहेक काम्बली केही वर्षदेखि डिप्रेसनबाट पीडित थिए । उनी नियमित औषधि सेवन गरिरहेका थिए ।
उनलाई सन् २०१३ मा हृदयघात पनि भएको थियो । उनले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा सचिन तेन्दुलकरले उनको मुटुको शल्यक्रिया गरेको बताएका थिए ।
हालै विनोद काम्बली प्रशिक्षक रमाकान्त आचरेकरको कार्यक्रममा देखिएका थिए । यसै क्रममा सचिन तेन्दुलकरसँगको उनको भिडियो पनि भाइरल भएको थियो ।
काम्बलीले सन् १९९१ मा एकदिवसीय र १९९३ मा टेस्ट डेब्यू गरे। उनी १४ इनिङ्समा सबैभन्दा छिटो १ हजार टेस्ट रन बनाउने ब्याट्सम्यान थिए।
उनले भारतीय टोलीका लागि १७ टेस्ट खेलमा कुल १०८४ रन बनाएका छन् । जसमा ४ शतक र ३ अर्धशतक रहेका छन् ।
१०४ एकदिवसीय खेलमा कुल २४७७ रन बनाए, जसमा २ शतक र १४ अर्धशतक समावेश छ।
सन् २००० मा उनको प्रदर्शन निकै खराब थियो र जसका कारण उनी भारतीय टोलीबाट बाहिरिएका थिए। उनले आफ्नो अन्तिम एकदिवसीय खेल सन् २००० मा श्रीलंकाविरुद्ध खेलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण