भोजपुर र नुवाकोटमा दुई जना मृत फेला
मङ्गलबार, ०९ पुस २०८१, १३ : १८
काठमाडौँ । भोजपुर र नुवाकोट जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारस्थित खेतमा षडानन्द नगरपालिका-२ तावुटार बस्ने ३१ वर्षीय धर्मराज राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता नुवाकोटको ककनी गाउँपालिका-२ कोल्पुखोला सनटार बस्ने सल्यान फलावाङ-४ घर भएका ३२ वर्षीय पोखरसिङ वली सोही ठाउँस्थित पाखो बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण