साढे ३ अर्ब बराबरको अलैँची निर्यात
मङ्गलबार, ०९ पुस २०८१, १५ : ५२
काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा साढे ३ अर्ब बराबरको अलैँची निर्यात भएको छ । २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३ अर्ब ४५ करोड ७२ लाख ८४ हजार रुपैयाँ बराबरको २०७४८६५ किलो अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारत तर्फ निर्यात भएको छ । भारतमा ३ अर्ब ४५ करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको २०७४५०० किलो अलैँची निर्यात भएको छ ।
यस्तै ७ लाख २० हजार रुपैयाँ बराबरको २४० किलो अलैँची फ्रान्स निर्यात भएको छ । यस्तै १ लाख ७३ हजार रुपैयाँ बराबरको ११० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण