राप्रपाले खबरदारी सभा गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रदेश, जिल्ला र स्थानीय तहहरूमा खबरदारी सभा गर्ने भएको छ ।
सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस र माघ महिनामा खबरदारी सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।
बैठकले दुई ठुला दल मिलेर बनेको सरकार देशका समस्याहरू समाधान गर्न असफल भएको निष्कर्ष पनि निकालेको छ ।
बैठकले सरकार निर्माणका बेला संविधान संशोधनको विषयलाई प्रधानता दिएपनि अहिले संविधान संशोधनको विषय ओझेलमा पारिएकाले सत्ता प्राप्त गर्ने र सरकारमा जाने दुई दलको दाउपेच मात्रै भएको प्रमाणित भएको ठहर गरेको छ ।
‘राप्रपा सरकारलाई संविधान संशोधनको प्रतिबद्धता स्मरण गराउँदछ, साथै, सबै राजनीतिक दल र पक्षहरूसँग यस विषयमा संवाद र समझदारी कायम गर्न सरकारको ध्यानाकर्षण गराउँदछ’, राप्रपाले भनेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण