विमान दुर्घटना अपडेट
अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा २५ जना बाँचे
बुधबार, १० पुस २०८१, १४ : ३५
अकताउ । कजाकिस्तानको अकताउ सहरमा बुधवार भएको एउटा यात्रुवाहक विमान दुर्घटनामा २५ जना बाँच्न सफल भएका छन् । ६७ जना सवार रहेका उक्त विमानमा २५ जना यात्रुहरू बाँचेको र यीमध्ये २२ जनालाई अस्पताल लगिएको स्थानीय अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
अवतरण गर्ने क्रममा विमानमा आगो लागेको काजकिस्तानको आकस्मिक मन्त्रालयले बताएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । विमान अजरबैजान एयरलाइन्सको भएको रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले पनि समाचार छापेको छ ।
बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै गर्दा बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको र यसै क्रममा विमानको दूघर्टना परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण