विमान दुर्घटना अपडेट
अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा २५ जना बाँचे
बुधबार, १० पुस २०८१, १४ : ३५

अकताउ । कजाकिस्तानको अकताउ सहरमा बुधवार भएको एउटा यात्रुवाहक विमान दुर्घटनामा २५ जना बाँच्न सफल भएका छन् । ६७ जना सवार रहेका उक्त विमानमा २५ जना यात्रुहरू बाँचेको र यीमध्ये २२ जनालाई अस्पताल लगिएको स्थानीय अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
अवतरण गर्ने क्रममा विमानमा आगो लागेको काजकिस्तानको आकस्मिक मन्त्रालयले बताएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । विमान अजरबैजान एयरलाइन्सको भएको रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले पनि समाचार छापेको छ ।
बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै गर्दा बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको र यसै क्रममा विमानको दूघर्टना परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे
-
विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु