बागमती प्रदेश लिग फुटबल : काठमाडौँको विजय सुरुवात
मकवानपुर । हेटौंडामा बुधबारदेखि सुरु भएको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौँले विजय सुरुवात गरेको छ । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौँको चित्लाङ फुटबल क्लबले काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबलाई हराउँदै विजय सुरुवात गरेको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा माउण्ट एभरेष्ट फुटबल क्लबलाई चित्लाङ फुटबल क्लबले ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । काठमाडौँको जीतमा अंकित रासकोटीले ह्याट्रिक गर्दै टिमलाई जित दिलाएका हुन् ।
उनले खेलको पहिलो हाफको १५ औँ र २० औँ मिनेटमा २ गोल गरेका थिए भने दोस्रो हाफको ४० औँ मिनेटमा थप १ गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका हुन् । खेलको म्यान अफ द म्याच घोषित भएका रासकोटीले ट्रफीसहित नगद ३ हजार रुपैयाँको प्राप्त गरेका छन् । यो जीतसँगै काठमाडौँको टिमले ३ अंक जोड्न सफल भएको छ । समूह चरणको दोस्रो खेलमा काठमाडौँले चितवन जिल्लाको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने काभ्रेले पनि चितवनसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगिता अन्तर्गत बिहीबार समूह चरणको २ खेलहरू सञ्चालन हुनेछन् । पहिलो खेलमा दिउँसो १२ः३० बजे नुवाकोट र दोलखाबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा भक्तपुर र सिन्धुलीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फामा आबद्ध भएका ११ जिल्लाका फुटबल संघको सहभागिता रहेको छ भने रामेछाप र रसुवा एन्फामा आबद्ध नभएको कारणले सहभागिता रहेको छैन । एन्फाको सहयोगमा सञ्चालन भएको प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहने छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण