ओलीको ब्रिफिङ : भारतले भ्रमणको निम्तो दिएको छैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतबाट आफूलाई भ्रमणको निम्तो नआएको ‘ब्रिफिङ’ गरेका छन् । बुधवार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्था र बाह्य सम्बन्धबारे ब्रिफिङ गर्दै ओलीले भारतबाट आफूलाई अहिलेसम्म भ्रमणको निम्तो आइनसकेको जानकारी गराएका हुन् ।
‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन । सम्भवतः छिटै आउँछ भन्ने विश्वास छ’, सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीन भ्रमणका क्रममा दुई देशबिच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको हुने र त्यसबाट नेपालले विकासमा फड्को मार्न सक्ने बताएका थिए । यसअघि मङ्सिर २० गते चार दिने चीन भ्रमण पुरा गरेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा भारत भ्रमणको ‘एरेन्ज’ व्यवस्थापन गर्ने जवाफ दिएका थिए ।
ओलीले यस्तो बताए पनि अहिलेसम्म भारतले प्रधानमन्त्रीको भ्रमणका लागि तयारी र चासो दुवै नदेखाएको राजनीतिक तथा कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
केही समयअघि परराष्ट्रमन्त्री आरजु राणा देउवा जर्मनीबाट सिधै भारत आएपछि उनले प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाउने चर्चा भएको थियो तर मन्त्री राणालाई समेत भारतीय पक्षले भेट नदिएपछि उनको आलोचना हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण