सुदूरपश्चिममा दलहरूबिच विषयगत समितिको भागवण्डा टुंगियो
कैलाली । लामो समयदेखि नेतृत्वविहीन रहेको सुदूरपश्चिम प्रदेशका विषयगत समितिहरूको भागवण्डा टुंगिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुट्न नसकेको विषयगत समितिको भागबन्डा टुंगिएको हो ।
बिहीबार कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमल बहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहितको बैठकले विषयगत समितिको नेतृत्वको भागबण्डा टुंगो लगाएको छ । यहाँ चार वटा विषयगत समिति छन् । जसमध्ये विधायन तथा प्रदेश मामिला समिति सभापति यसअघि नै कांग्रेसले लिइसकेको छ । बाँकी जेष्ठ सदस्यको नेतृत्व चल्दै आएका समिति नेतृत्वको भागबण्डामा सहमति भएको एमाले संसदीय दलका नेता रावले बताए ।
सहमति अनुसार सामाजिक विकास समिति एमालेले लिने भएको छ भने अर्को सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत समिति दिने सहमति भएको हो ।
संसदीय परम्परा अनुसार सार्वजनिक लेखा समिति प्रतिपक्ष दललाई दिनुपर्ने भएको सार्वजनिक लेखा माओवादी केन्द्रले दिइने भएको छ ।
त्यस्तै एक वटा समिति थप गर्ने समेत सहमति भएको छ । प्रदेश सभा नियमावली संशोधन गरेर विशेषाधिकार समिति थप गरेर नेपाली कांग्रेसलाई दिने समेत सहमति बनेको छ ।
यसैबिच नागरिक उन्मुक्तिलाई दिइने भनिएको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिलाई विभाजन समेत गरिने बताइएको छ । समितिहरूको कामको भारलाई मध्यनजर राखी आवश्यकता र औचित्यको आधारमा विभाजनको प्रक्रिया अगाडि बढाइने भनी सो सहमतिमा दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
-
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण