स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग
काठमाडौँ । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ । बिहीबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेको हो ।
संघका महासचिव कृष्णप्रसाद बजगाईंले मलेसियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक—पटक माग गर्दा समेत बेवास्ता गरेको बताए । उनले देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिन्डिकेट देखिएको बताउँदै त्यो अन्त्य गर्नु सरकारसँग माग गरे । उनले मलेसियामा मरिसकेको सिन्डिकेट यो वा त्यो बहानामा जन्मिनु नहुने बताए । उनले दुई अर्बभन्दा बढी लगानी रहेको, दुई हजारभन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा तहसनहस बनाउन खोजिएको बताए । उनले गुणस्तरीय सेवाको सुनिश्चितता लागि प्रणालीमा सुधार गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने माग पनि गरे ।
संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण