हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
बिहीबार, ११ पुस २०८१, २१ : १७
काठमाडौँ । हवाई फायर गरी गैंडाको खाग तस्कर गर्ने एक जनालाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा करिब ४० वर्षीय पुरुष रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिवेश श्रेष्ठका अनुसार उनलाई बिहीबार हेटौडा उपमहानगरपालिका–८ गर्दईबाट पक्राउ गरिएको हो ।
एक थान गैंडाको खागसहित ती पुरुषलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको निकुञ्ज कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिने क्रममा उनले बल प्रयोग गरी भाग्ने कोसिस गरेपछि पाँच राउण्ड हवाई फायर गरिएको अधिकृत श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण