प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सीमित स्रोत र साधनकाबीच स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् ।
आज गोदावरी नगरपालिका–१ बिजौरामा निर्माण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्वास्थ्य सामग्री भण्डारण भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा विकास साझेदार संस्थाले पनि सहयोग गरिरहेको बताए । केन्द्रले आवश्यकता र औचित्यका आधारमा सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण सामग्री वितरण गर्नुपर्ने उनले बताए ।
केन्द्रको स्वास्थ्य सामग्री भण्डारणले प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “महामारीजस्ता आपत्कालीन अवस्थामा भण्डारण भवन महत्त्वपूर्ण सावित हुनेछ ।”
उनले स्वास्थ्य सेवामा भएको यो सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रका अन्य परियोजना पनि अगाडि बढाइने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
-
पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने
-
वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण