प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सीमित स्रोत र साधनकाबीच स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् ।
आज गोदावरी नगरपालिका–१ बिजौरामा निर्माण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्वास्थ्य सामग्री भण्डारण भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा विकास साझेदार संस्थाले पनि सहयोग गरिरहेको बताए । केन्द्रले आवश्यकता र औचित्यका आधारमा सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण सामग्री वितरण गर्नुपर्ने उनले बताए ।
केन्द्रको स्वास्थ्य सामग्री भण्डारणले प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “महामारीजस्ता आपत्कालीन अवस्थामा भण्डारण भवन महत्त्वपूर्ण सावित हुनेछ ।”
उनले स्वास्थ्य सेवामा भएको यो सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रका अन्य परियोजना पनि अगाडि बढाइने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन
-
एससीटी र सालपा विकास बैंकबिच कार्ड जारी गर्ने सम्झौता
-
विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्दै
-
दाङमा चलचित्र निर्माण कार्यशाला सम्पन्न
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम