अजरबैजान एयरलाइन्स दुर्घटनापछि सुरु भएको अफवाहबारे रुसले दियो यस्तो चेतावनी
मस्को । कजाकस्तानमा ३८ जनाको ज्यान जाने गरी भएको विमान घटनामा रुसले नचाहिँदा अफवाह नफैलाउन चेतावनी दिएको छ । केही उड्डयन विज्ञहरूले अजरबैजान एयरलाइन्सको उक्त विमानमाथि रुसको चेचन्या गणतन्त्रको आकाशमा हवाई रक्षा प्रणालीको आक्रमणमा परेको हुन सक्ने बताएका थिए ।
अजरबैजानमा सरकार समर्थक सञ्चार माध्यमले पनि सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै विमान दुर्घटनामा रुसी मिसाइल जिम्मेवार हुन सक्ने बताएको थियो । विमान बाकुबाट रुसको चेचन्याका लागि उडेको थियो । कजाकस्तानको अक्ताउ सहर नजिक विमान दुर्घटनामा पर्नुअघि विमान गन्तव्य भड्किएर क्यास्पियन सागरतिर गएको बताइएको छ । ६७ जना सवार उक्त विमानमा २९ जना बाँच्न सफल भएका थिए । दुर्घटनाको शोकमा बिहीबार अजबैजानमा एक दिन शोक मनाइएको छ ।
अनुसन्धानको निष्कर्ष आउनु अगावै अड्कलबाजी र अनुमान चलाउनु गलत हुने रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कोभले भनेका छन् । आफूहरूले पनि यस्तो नगर्ने र अरूले पनि गर्न नहुने उनको भनाइ थियो । अनुसन्धान पूरा नहुँदासम्म कुर्नु पर्नेमा उनले जोड दिएका ।
काजकस्तानका प्रमुख अभियोजकले अनुसन्धानको कुनै निष्कर्ष नआएको बताएका छन् । अजरबैजानी सञ्चार माध्यमका केही कमेन्टेटरहरूले भने विमानलाई आफूले खसालेको रुसदे स्वीकार गर्छ भन्ने अपेक्षा अजरबैजानले गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण