फिल्डिङ गरिरहेका खेलाडीको हृदयघातका कारण निधन
काठमाडौँ । भारतमा हालै सम्पन्न क्रिकेट प्रतियोगिताका क्रममा एक खेलाडीको निधन भएको छ । राजस्थानको राजधानी जयपुरमा बुधबार फिल्डिङ गरिरहेका ५८ वर्षीय पूर्वरणजी खेलाडी यश गौडको निधन भएको समाचारमा जनाइएको छ ।
उक्त घटना विनायक क्रिकेट ग्राउन्डमा सम्पन्न वेटरन्स डबल विकेट टुर्नामेन्टका क्रममा भएको बताइएको छ । खेलका क्रममा फिल्डिङ गरिरहेका यश अचानक अचेत भएर मैदानमा ढलेका थिए । त्यसलगत्तै उनलाई अन्य खेलाडीले अस्पताल पु¥याएका थिए । तर, अस्पतालमा पुर्याएलगत्तै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
उनका साथी नलिन जैनले जनाएअनुसार, त्यतिबेला यश स्क्वायर लेगमा फिल्डिङ गरिरहेका थिए । ब्याट्सम्यानले खेलेको एउटा बल समात्न दौडने क्रममा उनी अचानक अचेत भएर मैदानमा ढलेका थिए । उनलाई तत्कालै सीपीआर दिएर नजिकैको अस्पतालमा पु¥याइएको थियो ।
चिकित्सकले जनाए अनुसार, हृदयाघातका कारण यशको निधन भएको हो । यश सन् १९८० को दशकमा राजस्थानको रणजी टोलीका सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण